बढेको भाडादर लागू नगरेको भन्दै रोकिएको पेट्रोलियम ढुवानी नियमित

४ बर्ष अगाडि

काठमाडौं - ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ ।

नेपाल आयल निगमले बढेको भाडादर लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायीहरु सहमतिपछि ढुवानी सुचारु गर्न सहमत भएका हुन् ।

निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सहमति भएको र ढुवानी सुचारु भएको जनाएका छन् ।  निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ ।

निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक÷सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया