काठमाडौं - नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले ३०औं, ३१औं र ३२औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभा भदौ ३० गते कम्पनीले मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा दिउँसो १ बजेहुने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।
सभाको प्रस्तावमा सञ्चालक समितिको ३०औं,३१औं र ३२औं वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र विविध विषयमा छलफल गर्ने रहेको छ ।
कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया