काठमाडौं - अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा नै उत्पादन सुरु भएर आरसी कोलाका ६ उत्पादन नेपाली बजारमा सार्वजनिक भएको हो ।
भेञ्चुरा बोटलर्स प्रालिले हल्का कार्बोनेटेट पेय उत्पादनको एउटा नयाँ श्रृंखला नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले एक विशेष कार्यक्रमबीच नेपाल आरसी कोला, माइरेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर सार्वजनिक गरेको हो ।
यी सबै उत्पादनको बजार मूल्य एकै प्रकारको रहेको कम्पनीले जानकारी दिएको छ । २ सय ५० एमएलको नेपाली बजार मूल्य ४० रुपैयाँ रहने जनाइएको छ ।
कम्पनीका अनुसार यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्टेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ । सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आरसी कोलाले विगत ११६ वर्षदेखि निरन्तर रुपमा संसारभरका पुगेको समेत कम्पनीले दावी गरेको छ ।
प्रतिक्रिया