मूल्यवान ब्राण्डको सूचीमा भारतका १२ कम्पनी सामेल, एप्पल पहिलो स्थानमा हुदाँ अन्य कुन कुन स्थानमा ?

४ बर्ष अगाडि

काठमाडौं, आईफोन निर्माता एप्पल इंक संसारको सबैभन्दा मूल्यवान कम्पनी यथावत रहेकोे छ ।  एप्पलले आफ्नो बजार पुँजकरण समेत १५ प्रतिशतले बढाएको  छ । एप्पलको बजारपुँजी २,४०० बिलियन डलर पुगेको छ ।

एप्पल बाहेक माइक्रोसफ्ट, अमेजन, अल्फाबेट (गुगल), फेसबुक र टान्सेन्ट हुरुन ग्लोबल ५०० को सूचीमा शीर्ष ५ मा रहेका छन् ।भारतबाट १२ कम्पनीहरु यो वर्ष हुनर ग्लोबल ५०० सूचीमा सामेल भएका छन । यस मा रिलायन्स इंडस्ट्रीज (आरआईएल) र टाटा कन्सल्टेंसी लिमिटेड (टीसीएस) शीर्ष १०० मूल्यवान कम्पनीहरुमा समावेश भएका छन् ।

रिलायन्स र टीसीएल शीर्ष १०० बाट ७५ मा आफ्नो स्थान बनाएको छन। हुनर यो सूची मा रिलायंस उद्योग १८८ अर्ब डलर बजार पूँजीकरण भएका ५७ औं स्थानमा रिलायन्स रहेको छ । १६४ अर्ब  डलर पुँजीकरण टीसीएल ७४ औं स्थानमा रहेको  छ।  टप ५०० को सूचीमा तेस्रो नम्बरमा रहेको एचडीएफसी बैंक रहेको छ ।  

भारतबाट हुनर ग्लोबल ५०० सूचीमा तेस्रो लिष्टमा रहेको एचडीएफसी बैंक बजार पुँजीकरणको सूचीमा १२४ औं स्थानमा छ । बैंकको बजार पूँजीकरण ११३ बिलियन डलर छ । यसमा विप्रो ४५७ औं स्थानमा, एशियन पेंट्स ४७७ औं स्थानमा र एचसीएल टेक्नोलोजी ४९८ औं स्थानमा छन्। संख्याको हिसाबले भारतका कम्पनीहरुको स्थान १६३ औमा इम्फोसिस, आइसीआइसी बैंक २६८, एचडीएफसी ३०१, कोडाक  ३८०, बजाज फाइनान्स ३८१ भारती एआरटेल ४६२ औं स्थानमा रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया