नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया