फेरी ३५ रुपैयाँ सम्मले बढ्यो खाने तेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

४ बर्ष अगाडि

उद्योगीहरूले खाने तेलको मूल्य फेरि मनलाग्दीरुपमा बढाउन थालेका छन् । एक महिना अगाडी प्रतिलिटर ३५ रुपैयाँसम्मले घटेको तेलको मूल्य उद्योगीले फेरि मनपरी मूल्य राखेर बजार पठाउन थालेका हुन् ।

पछिल्लो एक सातायता तेलको मूल्य बिना कारण प्रतिलिटर ३० रुपैयाँसम्म बढेको खुद्रा व्यापार सङ्घले जानकारी दिएको छ । उद्योगले एकाएक मूल्य बढाएर पठाएपछि उत्पादकहरूले खाने तेलमा ‘मोनोपोली’ कायम गरेको व्यापार सङ्घले आरोप लगाएको छ ।

बजारमा  सबै खाने तेलको मूल्य १० देखि ३५ रुपैयाँसम्म बढेको सङ्घले बताएको छ । भटमास, तोरी र सूर्यमुखी तेलको मूल्य बढेर आएकाले उपभोक्ता मूल्य झनै बढ्ने सम्भावना छ ।

मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टुन २ हजार ७०० र भटमास तेलको मूल्य प्रतिकार्टुन २ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै, तोरीको तेलको मूल्य प्रतिकार्टुन ३ हजार २५० रुपैयाँसम्म पुगेको छ ।
यस्तै सूर्यमुखी तेलको प्रतिलिटर मूल्य २७०, भटमासको २४० र तोरीको ३२५ भन्दा माथि पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया