काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस साता सुनको भाउमा सामान्य उतारचढाव देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यस साता सुन एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।
महासंघको तथ्यांकका आधारमा गत शुक्रबार अर्थात साउन २९ गते सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ तोकिएको थियो । यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । अहिले चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।
महासंघको तथ्यांक अनुसार साताभरमा चाँदी तोलामा १० रुपैयाँले बढेको छ । अघिल्ले साताको शुक्रबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया