काठमाडौं - निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ ।
महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पु¥याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो ।
नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन्तरक्र्रियामा समृद्ध मुलुक निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको हो ।
नेपालबाट विशेषगरी विदेशमा कार्पेट, तयारी पोसाक, पश्मिना, फेल्टलगायत सामग्री बिक्री वितरण हुँदै आएका छन् । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ । त्यसपछि दोस्रो निर्यात हुने मुलुक अमेरिका हो ।
निर्यात गर्ने १२ वटा वस्तुगत सङ्घ र निर्यातकर्ताको सहकार्यमा वि.सं २०७६ माघमा स्थापना भएको महासङ्घमा हाल २२ वस्तुगत सङ्घ आबद्ध भइसकेका छन् । नेपालको आर्थिक क्षेत्रलाई थप सबल बनाउनका लागि निर्यातलाई जोड दिनुपर्ने मान्यता राख्दै आएको महासङ्घले ५०० सदस्य पु¥याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया