काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । विहिबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
विहिबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ११९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया