काठमाडौं - गत आर्थिक वर्षमा नेपालमा १ अर्ब १३ करोड ८६ लाख ७२ रुपैयाँको सियो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा उल्लिखित बराबरको सियो आयात भएको हो । अघिल्लो आव २०७६/७७ मा ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँको सियो आयात भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष करीब २७ प्रतिशतले सियो आयात बढेको छ ।
गत आवमा ३ करोड ४४ लाख ६७ हजारको कपडा सिलाउने सियो आयात भएको छ । अस्पतालमा प्रयोग हुने सियोको आयात भने अत्यधिक मात्रामा हुने गर्छ । गत आवमा १ अर्ब १० करोड ४२ लाख बराबरको अस्पतालमा प्रयोग हुने सियोको आयात भएको छ ।
अघिल्लो आवमा भने ३ करोड ५४ लाख २६ हजारको कपडा सिलाउने सियो आयात भएको थियो । अस्पतालका लागि भने ८६ करोड २४ लाख २८ हजारको सियो आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया