नेपाली बजारमा फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

मंगलबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया