नेपालबाट २६१ केजी यार्सागुम्बा विदेश निर्यात, सबैभन्दा धेरै कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । भन्सार विभागको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ । 

यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो ।

नेपालबाट विश्वमा ९ राष्ट्र तथा क्षेत्रले यार्सागुम्बा खरिद गर्ने गरेको पाइएको छ । करोडौं रुपैयाँ खर्चेर नेपालबाट यार्सागुम्बा खरिद गर्ने राष्ट्र तथा क्षेत्रमा कम्बोडिया, चीन, हङकङ, मलेसिया, ओमान,सिंगापुर, युएई, अमेरिका र भियतनाम छन् । 

नेपालबाट सबैभन्दा बढी १३१ केजी यार्सागुम्बा हङकङमा गएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया