काठमाडौं, गत आर्थिक वर्षमा कुल ९ करोड ३९ लाख ३४ हजार ६२३ केजी तरकारी तथा फलफूल भित्रिएको छ ।
फलफूल तथा तरकारी बजार समितिका अनुसार विभिन्न ५ देशबाट सो तरकारी तथा फलफूल नेपाल भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षमा भारत र चीनबाट कुल ९ करोड १८ लाख ६ हजार ५४३ केजी तरकारी तथा फलफूल आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जानकारी दिएको छ ।
गत आवमा ५ देशबाट कुल ९ करोड ३९ लाख केजी तरकारी तथा फलफूल आयात भएकोमा भारतबाट मात्रै ९ करोड २० लाख २० हजार २६५ केजी आयात भएको छ ।
अघिल्लो आवमा भारतबाट ८ करोड ८६ लाख २५ हजार ३५९ किलो तरकारी तथा फलफूलको आयात भएको थियो ।
त्यसैगरी चीनबाट गत आवमा १५ लाख ५२ हजार ८३५ केजी तरकारी तथा फलफुल आयात भएको छ । अघिल्लो आवमा चीनबाट ३१ लाख ८१ हजार १८४ केजी तरकारी तथा फलफूलको आयात भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७७र०७८ को असार मसान्त सम्ममा बंगलादेशबाट ३ लाख २९ हजार ३७९ किलो र भुटानबाट ३२ हजार १४४ किलो तरकारी तथा फलफूल आयात भएको छ । यी देशबाट रातोरसेतो आलु, स्याउ, हरियो खुर्सानी लगाएत आयात हुने गरेको छ ।
प्रतिक्रिया