नेपाली बजारमा फेरी घट्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार  नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया