मंगलबार सुनको मुल्यमा तोलामा २ सयले बढ्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ भने चाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया