काठमाडौं - रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत रु ५१ करोड ५३ लाख ३० हजार राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५.७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करिब रु १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको भन्सारले जनाएको छ । नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ ।
पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ ।
सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारीबीच गत वर्ष मतेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सारले जनाएको छ ।
प्रतिक्रिया