रसुवागढी नाकाबाट एकै दिन १० कन्टेनर स्याउ आयात, प्रतिकन्टेनर एक लाख राजस्व असुली

४ बर्ष अगाडि

काठमाडौं - रसुवागढी नाकाबाट आइतबार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । 

चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार विभागले जनाएको छ । अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर रु ५० देखि ६० लाखसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर रु एक लाखमात्र असुली हुने विभागले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया