स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन कर, ५२ कम्पनीले ३० दिन भित्र जरिवानासहित सबै चुक्ता गर्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरले विगत लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । महानगरले आज ३० दिन भित्र जरिवानासहित सबै कर चुक्ता गर्न भन्दै सूची निकालेको हो । 

उक्त सूचिमा जयनेपाल हल, गोपीकृष्ण मुभिज, विद्युत् प्राधिकरण, नेश्नल ट्रेडिङ लिमिटेड। चेम्बर भवन, जामे मस्जिद, रेडक्रस सोसाइटी लगायता कम्पनी तथा संघसंस्थाहरु रहेका छन् ।

साथै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालले काठमाडौं महानगरलाई घरजग्गा सम्पत्ति कर नतिरेको पाइएको छ । देउवा सरकारमा राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले सञ्चालन गरेको जनमैत्री अस्पतालले कर नतिरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया