आइतबार सुनचाँदीको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं, आइतबार सुन र चाँदीको मुल्य ह्वात्तै घटेको छ ।

यस दिन सुनको मुल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया