काठमाडौं, नेपालले गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड मूल्य बराबरको डाइपर आयात गरेको छ ।
सोही अवधिसम्म नेपालमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात हो ।
भन्सार विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट रु एक अर्ब ५० करोड मूल्य बराबरको
डाइपर आयात भएको छ । भारतबाट मात्र करिब १० करोड थान डाइपर आयात भएको हो ।
त्यस्तै भियतनामबाट रु ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार र पाकिस्तानबाट रु ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ ।
यस्तै, नेपालले मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ ।
प्रतिक्रिया