काठमाडौं - कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् ।
कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएको बताए । कतारमा तीन वर्ष काम गरेर फर्किभएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन् ।
सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउछन् । गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ ।
अदुवाको सुठो९चना० बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।
उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ । तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ । काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ । चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ ।
जैविक अदुवा जर्मनी निर्यात हुँदै
सो क्षेत्रमा उत्पादन हुने जैविक ९अग्र्यानिक० अदुवा प्रशोधन गरेर बनाइने सुठो९चना० जर्मनी निर्यात हुने गरेको छ । चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरिद गरेर अग्र्यानिक अदुवाबाट सुठो९चना०तयार पार्ने गरेको छ । प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करिब २० टन अदुवा प्रशोधनका लागि खरिद गरिने बताए ।
छिञ्चुको मुख्य प्रशोधन केन्द्रअन्तर्गत सहजपुरमा शाखा प्रशोधन केन्द्र सञ्चालनमा छ । केन्द्र सञ्चालन भएको जग्गा आसपासमा भइरहेको सडक निर्माणको कामले केन्द्रसम्म पुग्ने बाटोलगायतको असुविधा देखिएकाले यो प्रशोधन केन्द्रमा प्रशोधनको काम एक वर्षदेखि हुन नसकेको बताइएको छ ।
खडायतले कैलाली र डोटीमा उत्पादित अदुवा खरिद गरेर प्रशोधनका लागि छिन्चु मुख्य प्रशोधन केन्द्रमा पठाउने गरिएको बताए । यो खेतीमा लागेका किसानलाई अदुवाखेती गर्ने प्रविधि, आवश्यक तालिमलगायत सहयोग गरिँदै आएको छ । अदुवाको बजार मूल्यका आधारमा किसानसँग अदुवा खरिद गर्ने गरिएको छ ।
प्रतिक्रिया