फलामजन्य निर्माण सामग्रीको मुल्य अत्याधिक वृद्धि, कुनको कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, फलामजन्य निर्माण सामग्रीको मूल्य अत्याधिक बढेको छ । 

चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि काठमाडौं जिल्ला दररेट निर्धारण समितिले नयाँ दररेट निर्धारण गर्दै मूल्य सार्वजनिक गरेको हो ।

समितिले काँढेतारको ८ रुपैयाँसम्म बढाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा मूल्य ९७ रुपैयाँ रहेको तारको मुल्य बढेर १०५ रुपैयाँ पुगेको छ ।

यस्तै, फ्याब्रिकेसनको मूल्य ५५ रुपैयाँसम्म बढाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्रति वर्ग मिटरको ३३७ रुपैयाँ पर्ने फ्याब्रिकेसनको मूल्य चालु आर्थिक वर्षका लागि ३६३ रुपैयाँ तोकिएको छ । 

एमएस सोलिड स्वायर रडको मूल्य प्रति किलोग्राम ७० रुपैयाँबाट बढाएर ७५ रुपैयाँ पुर्याईएको छ । फलामे पाईपको मूल्य पनि प्रतिकेजी ८१ रुपैयाँबाट ८७ रुपैयाँ पुगेको छ ।

कुनको कति ?

 

 

 

 

 

 

 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया