भारतसँग ८ खर्ब बढी व्यापार घाटा, एक वर्षमा एक खर्ब ६० अर्ब बढिको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो

४ बर्ष अगाडि

काठमाडौं - भारतसँग नेपालको वार्षिक व्यापार घाटा साढे ८ खर्ब भन्दा बढी पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालको भारतसँग आठखर्ब ६५ अर्ब २३ करोड १८ लाख ९० हजार रुपैयाँ व्यापार घाटा रहेको छ । 

गतवर्ष भारतबाट नेपालमा नौखर्ब ७१ अर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँको वस्तु आएको थियो भने नेपालबाट भारतमा मात्र एकखर्ब ६ अर्ब ३७ करोड २०लाख ५५ हजार रुपैयाँको वस्तु गएको थियो ।

यस्तै गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भारतबाट एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार सो वर्ष ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजारको डिजेल, ३६ अर्ब १५ करोड २९ लाख ११ हजारको एलपी ग्यास र ३२ अर्ब ४४ करोड ३३ लाख ५६ हजार रुपैयाँको पेट्रोल नेपालले आयात गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया