काठमाडौं - नेपाल सरकारले चालु आर्थिक वर्षको दश महिनामा विभिन्न दातृ राष्ट्र तथा निकायबाट ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायतामा १४ अर्ब ३३ करोड रुपैयाँ अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋणको हिस्सा रहेको छ । २०७७ साउन देखि २०७८ वैशाखसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्राप्त गरेको हो ।
सबैभन्दा बढी वैदैशिक सहायता प्रतिबद्धता सडक र उर्जा क्षेत्रमा प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार कुल २ खर्ब २ अर्ब २८ करोड वैदेशिक सहायता प्रतिबद्धतामा प्राप्त गरेको हो ।
जसमा २६.७ प्रतिशत सडक, २२.९ प्रतिशत उर्जा र ११.७ प्रतिशत बजेटरी सहायताको रुपमा आएको छ । कुल वैदैशिक सहायताको ५ प्रतिशत कोरोना नियन्त्रण र २.२ प्रतिशत स्वास्थ्य क्षेत्रमा आएको हो ।
प्रतिक्रिया