बढ्यो तरकारीको भाउ, सबैभन्दा बढि बोडी र सिमीको मूल्यमा वृद्धि

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाडौंंको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । वर्षाका कारण तयार हुँदै गरेका तरकारीमा नोक्सानी हुने र उत्पादन भएका तरकारी पनि ढुवानीका क्रममा बिग्रने गरेकाले भाउ बढेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया