समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम दिन, आवेदन कहाँबाट दिने ?

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले असार ३ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा आवेदन नपरेको १३ लाख ८० हजार ७ सय १८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र  समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया