नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो । सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।
यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने उता, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ ।
यता, जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
साउदी अरवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र विक्रीदर ३१ रुपैयाँ ३४ रुपैयाँ रहेको छ भने, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।
प्रतिक्रिया