गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीचमा मात्र भारतबाट कुल २ लाख ६८ हजार ४०५ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
यस्तो आयात निषेधाज्ञाको सुरुवाती १५ दिन अर्थात् जेठ १६ गतेदेखि ३१ गतेसम्म १ लाख ४१ हजार ५५ मेट्रिक टन खाद्यान्न आयात भएकोमा जेठको पहिलो हप्ता ४८ हजार ५३७ मेट्रिक टन, दोस्रो हप्ता ३४ हजार ३७८ मेट्रिक टन र तेस्रो हप्ता ३७ हजार ६५० मेट्रिक टन आयात भएको वाणिज्य आपूर्ति सचिव अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।
त्यस्तै, सो अवधिमा २९ हजार ८४५ मेट्रिक टन गेडागुडी, ४६ हजार १४५ मेट्रिक टन तरकारी, ३१ हजार ४०४ मेट्रिक टन फलफूल र २२७ दशमलव ०३८ मेट्रिक टन दुग्धजन्य पदार्थ समेत आयात भएको पोखरेलको भनाई छ ।
यता, पेट्रोलियम पदार्थ तर्फ भने, अध्यावधिक समयमा कुल ४६ हजार ९७८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास र १ लाख ३२ हजार ४०८ किलोलिटर डिजेल र ४२ हजार ६६२ किलोलिटर पेट्रोल आयात भएको छ ।
प्रतिक्रिया