गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
सोही तथ्याङ्कलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको रिपोर्ट अनुसार गत वैशाख १६ गतेदेखि जेठ २४ गतेसम्म कुल ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको औषधिजन्य पदार्थ आयात भएको हो ।
जसमध्ये ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको तयारी औषधि र बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको कच्चा औषधिजन्य पदार्थको आयात भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया