काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज ३०० रुपैयाँले सुन मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया