आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै तेजाबी सुन ९४ हजार प्रतितोला रहेको छ ।
आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया