दैनिक उपभोग्य वस्तुको पनपरी मूल्य वृद्धि, भटमासको तेल १ सय २० ले बढ्यो  !

४ बर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । निषेधाज्ञा जारी भएपछी चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि भएको हो ।

व्यापारीहरूबाट आफुखुसी मनपरि उपभोग्य वस्तुको मुल्य बढाएका छन्  । प्रतिकिलो १ सय १० रुपैयाँ रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो १ सय ६५ रुपैयाँ रहेको मासको दाल १ सय ७५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

प्रतिकिलो  १ सय १० रुपैयाँ रहेको चनाको मुल्य प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । 

यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए ।

यस्तै निषेधाज्ञा अघिसम्म प्रतिक्यारेट ३ सय ५० रुपैयाँमा विक्री भइरहेको कुखुराको अण्डा अहिले ४ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । डेढ महीना अघी प्रतिलिटर १ सय ४५ रुपैयाँ मूल्य रहेको भटमासको तेल अहिले लिटरमा  १ सय २० रुपैयाँले बढेर प्रतिलिटर २ सय ६५ रुपैयाँ पुगिसकेको छ ।  सनफ्लावर तेलको मूल्यमा पनि १ सय रुपैयाँले वृद्धि हुँदै ४ सय रुपैयाँ लिटर पुगेको छ । 

खाद्य वस्तुको व्यापारमा कालो बजारी मौलाएको वज्राचार्यले बताएका  छन्  ।महामारीको समयमा कालोबजारीलाई प्रोत्साहन दिने वा उपभोक्तालाई मारमा पार्ने कुनै नियत नभएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताको भनाइ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया