सुनको मूल्य स्थिर, कतीमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ । हिजो  प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको सुन आज पनि ९१ हजार ६ सयमै कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार १ सय  रुपैयाँमा कारोबार हुनेछ । 

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १३ सय ३५ रुपैँयामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया