घरानमा गोलभेँडाको मूल्य घटेको छ । धरानमा प्रतिकिलो ३० रुपैयाँमा कारोबार हुँदै आएको गोलभेँडा को भाउ घटेर प्रतिकेजी १२ रुपैयाँ पुगेको हो ।
निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्ट बन्द भएका कारण गोलभेँडाको खपत घटेको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए
धरानमा निषेधाज्ञा अघि दैनिक ६० टनभन्दा बढी कारोबार हुने गरेकोमा अहिले दैनिक २५ टन मात्र गोलभेँडा बिक्रि हुदै आएको छ ।
निषेधाज्ञा जारी भएपछि धनकुटा,मोरङ, झापा लगायतका कृषकले लगाएका गोलभेडा बिक्रि नहुदा बारीमै कुहिन थालेका छन् ।
प्रतिक्रिया