४ सयले घट्यो सुनको मुल्य,  कतीमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

आज बिहिबार  नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । हिजो  प्रतितोला ९२ हजारमा कारोबार भएको सुन आज प्रतितोला ४ सयले घटेको हो । 

आज सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार १ सय  रुपैयाँमा कारोबार हुनेछ । 

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया