आज मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । हिजो सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार सय रुपैयाँमा कारोबार हुनेछ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया