काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । हिजो आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० ले बढेको हो ।
आज सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोलामा १५ रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया