काठमाडौं - निषेधाज्ञा यता आठ दिनको अवधिमा ८० करोड रुपैयाँ बराबरको दूध बिक्री नभएर खेर गएको छ । साथै दैनिक १० करोड रूपैयाँ बराबरको १९ लाख लिटर दूध खेर जाने गरेको डेरी एशोसिएसनले जनाएको छ ।
पछिल्लो समय बजारमा दूधको खपत कम भएपछि १० करोड रुपैयाँ बराबरको दूध खेर गएको हो । एक सातादेखि बजारमा दूधको खपत घट्दै गएको छ । अधिकांश मानिस गाउँमा गएको र बजारमा दूधको माग नै कम भएकाले खपत कम भएको हो ।
नेपाल डेरी एशोसिएसनका अनुसार कोरोनाका कारण बजारमा ६० प्रतिशत दूधको खपत घटेको छ । अहिले बजारमा ४० प्रतिशत मात्र दूध बिक्री हुने गरेको छ । सामान्य अवस्थामा दैनिक ६२ लाख दूध उत्पादन हुने गर्छ ।
५० प्रतिशत दूध किसानले उपभोग गर्ने गर्छ भने ५० प्रतिशत दूध बजारमा आउने गर्छ । बजारमा ३२ लाख दूध आउने गरेकोमा अहिले १२ लाख लाख लिटर खपत हुने गरेको छ । अहिले ४० प्रतिशत मात्र दूध खपत भएको उद्योगीको भनाइ छ ।
दूध बिक्री नभएर किसानको पैसा दिनका लागि सबै उद्योगलाई समस्या परेको छ । दूधको किसानले पाउने मूल्य प्रतिलिटर ५५ रुपैयाँ र बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया