काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० ले बढेको हो ।
आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोलामा ५ रुपैयाँले घटेको हो ।
आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया