आज बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले घटेको छ । यो संगै आज सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ८९हजार ८०० सय रपैयाँमा कारोबार हुनेछ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ रुपैयाँले घट्र १३ सय २० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया