काठमाडौं - कोरोना महामारीको बेला अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
विभागले एक सूचना जारी गर्दै विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरणमा अखाद्य वस्तु हुन सक्ने भन्दै सचेत रहन उपभोक्तालाई आग्रह गरेको हो ।
विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि जारी गरेको छ । विभागको केन्द्रीय कार्यालय बबरमहल तथा देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपभोक्ताले सम्पर्क गर्न सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया