ब्रोइलर कुखुराको मासुको भाउ घटेको छ । जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेको हो । यो सँगै मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ ।
यस्तै, तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको जानकारी दिएको छ। ‘आजसम्म जिउँदो ब्रोइलरको कोल्ड स्टोर मूल्य २९० थियो । भोलिबाट २७० रुपैयाँ हुने र तयारी मासुको मूल्य ३८० रुपैयाँ हाराहारी कायम हुने संघका सचिव देवकुमार गिरीले बताए
जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए । अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको थियो ।
प्रतिक्रिया