९ सयले ओरालो लाग्यो सुनको मुल्य

४ बर्ष अगाडि

शुक्रबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९ सयले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । 

यता, तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । 

शुक्रबार प्रति तोला अधिकतम एक हजार एक सय रुपैयाँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा गिरावट आएको छ । 

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया