निषेधाज्ञामा सुनचाँदीको दरभाउ प्रकाशन नरोकिने

४ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।

यद्यपि, सो समयमा कार्यालय बन्द रहेतापनि महासंघबाट जारी हुने दैनिक सुनचाँदीको दरभाउ प्रकाशन भने नरोकिने महासंघले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया