नेपाली बजारमा घट्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार रहेको । चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेको छ । 

आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया