घट्यो ब्रोइलर कुखुराको मासुको भाउ

४ बर्ष अगाडि

केहि दिन यता आकाशिएको ब्रोइलर कुखुराको मासुको भाउ घटेको छ । ४ सय ३० रुपैयाँ रहेको ब्रोइलरको मासु किलोमा ३० रुपैयाँले घटेको हो । 

बुधबारदेखि काठमाडौं उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य ४ सय रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ  । 

वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर ३ सय रुपैयाँमा झरेको  जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको हो । मंगलबारको नयाँ मूल्यअनुसार ब्रोइलर कुखुरा जिउँको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको छ । 

जिउँदो कुखुराको मुल्य घटे सँगै तयारी मासुको मूल्य ३० रुपैयाँले घटेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया