एक सातामा १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा यस साता पनि सुनचाँदीको मूल्य उकालो लागेको छ ।

अघिल्लो साताको शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९१ हजार २ कायम भएको छ ।  

यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया