९ महिनामा भटमासको तेलबाट ८ अर्ब ८१ करोड रुपैयाँ बढि नेपाल भित्रियो

५ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको चैत सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा २८ अर्ब ८१ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । भटमासको तेलको कच्चा पदार्थ आयात गरेर नेपालबाट रिफाइन गरेर निर्यात हुँदा निर्यात आलेख्य बढेको विभागले जनाएको छ । 

भारतले पाम आयल प्रतिबन्ध लगाएपछि व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरेर पुनः तेल निर्यात गर्ने गरेका छन ।

५ बर्ष अगाडि

प्रतिक्रिया