नक्कली स्यानिटाइजरबाट १० करोड आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - भारतको अपराध रोकथाम महाशाखाले दुईवटा पसलबाट भारी मात्रामा नक्कली स्यानिटाइजर बरामद गरेको छ । बिहीबार वडोदराको वास्ना रोड र राओपुरा क्षेत्रबाट उक्त स्यानिटाइजरहरू बरामद गरिएको हो । 

मंगलवार पक्राउ परेका नितिन कोटवानीले उक्त पसलहरूलाई नक्कली स्यानिटाइजर बेचेका थिए । कोटवानीले १० महिनामा १० करोड भारु नाफा कमाएको प्रहरीले जनाएको छ । 

कोटवानीको कारखानामा बनाइएका स्यानिटाइजरमा मेथनोल उपयोग गरिएको छ । उक्त प्रयोग गरिएको रसायन हानिकारक रहेको बताइएको छ । 

यति धेरै मेथनोल कोटवानीलाई कसले दियो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मेथनोल औद्योगिक रसायन भएकोले यो अनुमति विना बेच्न पाइँदैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया