फेरी बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य फेरी भारीले वृद्धि भएको छ । हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँ बढेको हो । 

यो सँगै आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया